भर्जिनियामा ‘कलिउड नाइट २०१८’ आयोजना हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भर्जिनियामा ‘कलिउड नाइट २०१८’ आयोजना हुने


प्रशासन विशेष ब्युरो

२६ आश्विन २०७५, शुक्रबार


कलिउड नाइट २०१८

भर्जिनिया । बडा दशैंको अबसरमा अमेरिकाको भर्जिनियामा ‘कलिउड नाइट २०१८’ आयोजना हुने भएको छ ।

के सी डान्स सेन्टरले आयोजना गर्ने शुभकामना आदान प्रदान तथा बिशेष सांस्कृतिक कार्यक्रम कलिउड नाइट २०१८ मा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहने छ ।

आउँदो सनिबार असोज २७ अर्थात् अक्टुबर १३ तारिख हुने उक्त कार्यक्रममा अभिनेता सरोज खनाल, किरण प्रताप केसी, रिमा केसी लगायत का कलाकारको नाटकको अतिरिक्त बिभिन्न गायक गायिकाहरुको प्रस्तुति रहने छ ।

आयोजक समुहका सदस्य परसु तिमल्सिनाका अनुसार उक्त कार्यक्रमको कोरियोग्राफी नवीन केसी, लुना श्रेष्ठ तथा सारङ्गा श्रेष्ठले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस