चालिस हजार घुससहित लालबाबु पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चालिस हजार घुससहित लालबाबु पक्राउ


२५ आश्विन २०७५, बिहिबार


घुस

काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाई पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साह घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

विद्यालयको भवन निर्माणका लागि निकासा भइसकेर पनि बैंकमा रोक्का भएको रकम फुकुवा गरिदिने भन्दै घुस लिँदै गरेको भन्ने पूर्वसूचनाका आधारमा खटिएको अख्तियारको टोलीले साहलाई घुससहित बिहीवार पक्राउ गरेको हो ।

अख्तियारको हेटौंडाबाट खटिएको टोलीले साहलाई चालिस हजार घुस रकमसहित वीरगंज महानगरपालिका– १४ स्थित उनको सरकारी निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस