नेप्सेमा वृद्धि कारोवारमा गिरावट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेप्सेमा वृद्धि कारोवारमा गिरावट


२५ आश्विन २०७५, बिहिबार


काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ । आज कूल दश उपसमूहको शेयर कारोवार भएकोमा दुई उपसमूहको शेयर कारोवारमा भने घटेको छ ।

होटल ३५ दशमलब ३८ र उत्पादन समूह १२ दशमलब ४३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १२ दशमलब २७, विकास बैंक ११ दशमलब ८८, जलविद्युत् १ दशमलब ९४, वित्त ५ दशमलब ७२, निर्जीवन बीमा ४९ दशमलब ४३, अन्य ५ दशमलब ३२, माइक्रोफाइनान्स ९ दशमलब ६ र जीवन बीमा ७ दशमलब ७७ बिन्दुले बढेको छ ।

प्रतिक्रिया दिनुहोस