संविधान विरोधी तथा विखन्डनवादी तत्वहरूलाई सुक्ष्मरूपमा नियालिरहेका छौं : प्रधानसेनापति « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

संविधान विरोधी तथा विखन्डनवादी तत्वहरूलाई सुक्ष्मरूपमा नियालिरहेका छौं : प्रधानसेनापति


२५ आश्विन २०७५, बिहिबार


प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी तथा विखन्डनवादी तत्वहरूलाई सुक्ष्मरूपमा नियालिरहेको बताएका छन् ।

विजयादशमीका अवसरमा बिहीबार जंगी अड्डामा आयोजित शुभकामना तथा अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘संविधानले दिएको जिम्मेवारी पूरा गर्नु नेपाली सेनाको कर्तव्य हो । तर, त्यो नेपाली सेनाको एकल प्रयासले मात्र सम्भव छैन,’ उनले भने ।

उनले आफ्नो कार्यकालमा मूलतः सात सांगठनिक लक्ष्य र १ सय ५१ कार्य निर्धारण गरेको बताए ।

उनले भनसुनका आधारमा र पहुँच हुनेले मात्र नेपाली सेनामा अवसर पाउने गुनासो केही सत्य भए पनि अब भने सकल दर्जाको मूल्यांकन कार्य सम्पादनका आधारमा गरिने प्रतिवद्धता व्यक्त गरे । ‘यसकै आधारमा नीति नियमभित्र रही अवसरहरू प्रदान गरिनेछ,’ उनले भने । यसका लागि मिडियाकर्मीको सकारात्मक सहयोगको अपेक्षा राखेको उनले बताए ।

सेनाभित्र भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र निर्माण गरिरहेको प्रधान सेनापती थालाले बताए । उनले भने–नेपाली सेनाभित्र भ्रष्टाचारका विषय पनि बेला बेलामा सुनिन्छन्, त्यसलाई सैन्य विशेष अदालतले हेर्ने व्यवस्था गरिँदैछ ।

त्यसैगरी काठमाडौं –तराई–मधेश दु्रतमार्ग निर्माण कार्य राज्यले नेपाली सेनालाई दिएको जिम्मेवारी भएकोले त्यसलाई बहन गर्नु सेनाको कर्तव्य भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस