दसैंका लागि खसीबोकाको मूल्य तोकियो, भोलीबाट बिक्रि सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दसैंका लागि खसीबोकाको मूल्य तोकियो, भोलीबाट बिक्रि सुरु


२५ आश्विन २०७५, बिहिबार


काठमाडौं । खाद्य संस्थानले दसैंका लागि यस वर्ष बिक्रि गर्न लागिएका खसिबोकाको मूल्य निर्धारण गरेको छ ।

संस्थानले खसीबोका प्रतिकिलो ५ सयका दरले र च्याङ्ग्रा प्रतिकिलो ७०० दरले उपभोक्ताले पाउने गरी नयाँ मूल्य कायम गरेको छ । खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुटको व्यवस्था संस्थानले मिलाएको हो ।

संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो ।

संस्थानले आफ्नो कार्यालय परिसर थापाथलिबाट भोलीबाट खशीबोका बिक्रि गर्ने छ ।

प्रतिक्रिया दिनुहोस