समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्नु सरकारको जिम्मेवारी : शेरधन राई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्नु सरकारको जिम्मेवारी : शेरधन राई


२५ आश्विन २०७५, बिहिबार


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्न प्रदेश सरकारको काँधमा जिम्मेवारी थपिएको बताएका छन् ।

प्रहरी दिवसका अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले देश पहिलो पटक शान्ति, सुशासन र स्थिरताको बाटोमा अगाडि बढीरहेको बताए । प्रदेशमा ऐन, कानून निर्माण र संरचना खडा गर्न बाँकी रहँदारहँदै प्रदेश सरकारले सुशासन र शान्तिको क्षेत्रमा उपलब्धि हासिल गरेको जनाउँदै मुख्यमन्त्री राईले प्रदेश सरकाले सडक, सुरक्षा र सुशासनका लागि अभियान सञ्चालन गरेको जानकारी दिए।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रहरी सङ्गठनले कर्तव्यनिष्ट भएर तथा व्यावसायिक सफलताका निम्ति काम गर्न निर्देशन दिँदै प्रहरी सङ्गठनलाई प्रविधिमैत्री बनाएर जनताका सेवा र सुरक्षाको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । उनले प्रहरी सङ्गठनलाई बलियो बनाउन समयनाकूल संरचना तयार गर्न प्रदेश सरकार प्रयत्नशील छ भने। सो अवसरमा १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले समाजमा शान्तिसुरक्षाको अभिभारा बोकेको प्रहरी सङ्गठन जनताका सेवामा समर्पित छ भने ।

प्रतिक्रिया दिनुहोस