कलङ्की नागढुङ्गा खण्डमा आज पनि दिनभर बत्ती जाने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कलङ्की नागढुङ्गा खण्डमा आज पनि दिनभर बत्ती जाने


२५ आश्विन २०७५, बिहिबार


काठमाडौ । कलङ्की नागढुङगा सडक खण्डमा आज दिनभर बत्ती जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ दिनभर बत्ती काट्ने भएको हो ।

प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने बताएको छन् । प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाएको छ ।

स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिने जनाएको छ । प्राधिकरणका अनुसार विधुत् तीनथाना, नैकाप, सतुङ्गललगायत क्षेत्र प्रभावित हुनेछन् ।

सडक निर्माण गर्ने ठेकेदारलाई छिटो कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिल्लो समयमा २४ घण्टा नै सडक विस्तारका काम भइरहेकाले प्राधिकरणले विद्युत् प्रवाह कटौती गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस