ह्वाट्स एपमा ह्याकिङको समस्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ह्वाट्स एपमा ह्याकिङको समस्या


२५ आश्विन २०७५, बिहिबार


काठमाडौं । ह्वाट्स एपमा पनि फेसबुक जस्तै ह्याकिङको समस्या देखा परेको छ ।

टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको एक नयाँ खुलासा गरेको छ । ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको जनाइएको छ ।

प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गर्दा उनीहरुको अकाउन्टमा बगले आक्रमण गर्छ अनि ह्याकिङ्गको समस्या हुने जनाइएको छ । अगष्ट महिनामा यो बग देखा परेको थियो । बग नियन्त्रणमा लिनु अघि कति ह्वाट्स एप प्रयोग कर्ता सिकार भए भन्ने कुरा भने थाहा हुन नसकेको बताएको छ । यो बगलाई फेसबुकले नै नियन्त्रणमा लिएको एक रिपोर्टमा उल्लेख छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस