शान्ति सुरक्षा कायम राख्नुपर्ने : नेता सिटौला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शान्ति सुरक्षा कायम राख्नुपर्ने : नेता सिटौला


२४ आश्विन २०७५, बुधबार


विराटनगर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गरे । उनले निर्मला पन्त हत्या काण्डको दोषी छिटो पक्राउ गर्नुपर्ने माग गर्दै सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

नेता सिटौलाले सरकारले जनताको हितमा काम गरेमा प्रतिपक्षको हैसियतले समर्थन गर्ने बताउँदै गलत कार्यको सदैव विरोध गर्ने बताए । उनले महङ्गी नियन्त्रण गरी बढाइएको कर अविलम्ब घटाउनुपर्छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस