पुननिर्माणका लागि खटाइएका प्राविधिक कर्मचारी क्याम्पसमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुननिर्माणका लागि खटाइएका प्राविधिक कर्मचारी क्याम्पसमा


२३ आश्विन २०७५, मंगलबार


काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निमाणका लागि खटाइएका प्राविधिक कर्मचारीहरु कार्य क्षेत्रमा नभइ कलेजमा अध्यन गरिरहेका भेटिएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा कर्मचारी नगएको गुनासो पटकपटक आउन थालेपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले छानविन थालेको हो । पुनर्निमाणमा प्राविधिक कर्मचारीहरुले जिम्मेवारी वहन नगरेको भेटिए पछि त्यसमाथि प्राधिकरणले छानविन थालेको जनाइएको छ ।

भूकम्प प्रभावित जिल्लाहरुको पुनर्निमाणका लागि ३ हजार कर्मचारी कार्यरत रहेका छन् । १ वर्षे करारमा नियुक्त भएका कर्मचारीहरु खटाएको क्षेत्रमा नजाने गुनासो प्रधिकरणमा दैनिक आउने गरेको थियो ।

ति कर्मचारीहरु स्थानीय तहका पदाधिकारीहरुसँग मिलेर नियमित हाजिर देखाउने र तलब भत्ता बुझ्ने गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जिम्मेवारी वहन नगर्ने त्यस्ता कर्मचारी र स्थानीय प्रतिनिधिहरुमाथि छानविन गरी कारबाही गर्ने जनाएको छ भने कर्मचारीको अवस्था हेरी अवकास सम्मको कार्वाही गर्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस