उपत्यकामा डीएसपीको सरुवाः बौद्धमा चन्द, सातदोबाटोमा मिश्र, थानकोटमा थापा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकामा डीएसपीको सरुवाः बौद्धमा चन्द, सातदोबाटोमा मिश्र, थानकोटमा थापा


प्रशासन विशेष ब्युरो

२२ आश्विन २०७५, सोमबार


नेपाल प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले घुसकाण्डमा पक्राउ परेका श्यामकुमार राईको स्थानमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको छ ।

उपत्यकाका तीनवटा प्रहरी वृत्तको नेतृत्व परिवर्तन गर्ने क्रममा चन्दलाई बौद्ध बृत्तको जिम्मेवारी दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार राति एक लाख ४० हजार रुपैयाँ घुस लिँदा लिँदै राईलाई समातेपछि चन्दलाई बौद्धमा पठाइएको हो ।

डीएसपी चन्द बौद्ध पुगेपछि उनको स्थान महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाका अपिलराज बोहरालाई खटाइएको छ ।

ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाइएको छ । सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएपछि मिश्रलाई उक्त जिम्मेवारी दिइएको हो ।

त्यसैगरी थानकोटमा डीएसपी कुमारविक्रम थापा पुगेका छन् । थानकोटका डीएसपी नवरत्न पौडेल संयुक्त राष्ट्र संघको मिसनमा जाने भएपछि थापालाई खटाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस