कर्मचारीलाई स्थानीय तहको बजेटबाटै तलव खुवाउन परिपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीलाई स्थानीय तहको बजेटबाटै तलव खुवाउन परिपत्र


प्रशासन विशेष ब्युरो

२२ आश्विन २०७५, सोमबार


समायोजन

काठमाडौं । कृषि तथा पशु सेवा तर्फका कर्मचारीले दशै अघि नै तलव खान पाउने भएका छन् ।

स्थानीय तहमा खटाईएका कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुलाई स्थानीय तहको बजेटबाट भुक्तानी गर्ने र पछि निकासा भएपछि हिसाव मिलान गर्ने सामान्य प्रशासन मन्त्रालयको परिपत्र पछि कर्मचारहरुले तलव भत्ता खान पाउने भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी परिपत्रमा भनिएको छ -‘कृषि तथा पशु सेवा विकास र प्रशासन तर्फको स्थानीय तहको लागि स्वीकृत दरबन्दी अनुसारको तलव भत्ता कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेको, निकासको लागि केही समय लाग्ने हुँदा २०७५ असोज मसान्त सम्मको तलव भत्ता र चाडबाड खर्च हाल स्थानीय तहको बजेटबाट भुक्तानी गर्ने र पछि निकासा भएपछि हिसाव मिलान गर्ने ।’

हेर्नुहोस् परिपत्र

samnaya

Tags :
प्रतिक्रिया दिनुहोस