दसैँ अगाडी नै कर्मचारीलाई तलब खुवाउन माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दसैँ अगाडी नै कर्मचारीलाई तलब खुवाउन माग


प्रशासन विशेष ब्युरो

२२ आश्विन २०७५, सोमबार


कर्मचारी

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन(संघ)ले कर्मचारीको तलवभत्ता लगायतका सुविधाहरू भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

श्रावण महिनादेखि नै कर्मचारीको तलब भत्ता भुक्तानी नभएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले बडा दशै अगावै सम्पूर्ण कर्मचारीहरूको तलब भत्ता लगायतका सुविधानहरु दिन माग गरेको हो ।

महिना समाप्त भएपछि नियमित रूपमा तलब भत्ता भुक्तानी पाउनुपर्नेमा बडा दशै जस्तो महान् चाडको मुखमा समेत कर्मचारीहरूले तलब भत्ता नपाउने स्थिति प्रति नेपाल निजामती कर्मचारी युनियन(संघ)को गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस