राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक


२२ आश्विन २०७५, सोमबार


काठमाडौं । गायक तथा निर्देशक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुदैछु विरानो परदेशमा’ बोलको गीत सङ्गस नेपालले यूट्युब मार्फत सार्वजनिक गरेको हो ।

गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छन् ।

परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भाव बोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमार लावतीको अभिनय रहेको छ ।

लाकुरी भञ्ज्याङ लगायत काठमाडौं उपत्यकाको विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको गायक राईले जानकारी दिए ।

म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन देवजंग थापाले गरेका हुन भने ड्रोनमा मेघराज मगरातीले साथ दिएका छन् । ग्रेस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ ।

प्रतिक्रिया दिनुहोस