‘दिल टुट्यो कसरी भनु म’को भिडियो सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘दिल टुट्यो कसरी भनु म’को भिडियो सार्वजनिक


२२ आश्विन २०७५, सोमबार

काठमाडौं । गायिका तथा नायिका सारिका घिमिरेको ‘दिल टुट्यो कसरी भनु म’को भिडियो सार्वजनिक भएको छ । शब्द, स्वर र सङ्गीत सारिका स्वयमकै रहेको छ ।

विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् । गीतको शब्द र स्वर जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

गतवर्ष मोहनी एल्बम स्रोता दर्शकमाझ ल्याएर यसक्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत स्रोताको रोजाइमा परेका छन् । एक पछि अर्को गीत मार्फत आफ्नो गायनको उचाईलाई अझैँ बढाएकी उनले पाश्र्व गायनमा समेत तारिफ बटुलेकी छन् ।

अभिनयसँगसँगै गायनमा पनि व्यस्त रहेकी शारिकाले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउँन सक्छु ।’

सारिकाको स्वर राम्रो भएको र उनी गायन क्षेत्रमा एउटा आशलाग्दो गायिकाका रुपमा आएकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस