वरिष्ठ नेता नेपालले सचिवालय वैठकमा पेश गरे असहमति पत्र, बुधबार छलफल हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वरिष्ठ नेता नेपालले सचिवालय वैठकमा पेश गरे असहमति पत्र, बुधबार छलफल हुने


२२ आश्विन २०७५, सोमबार


काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा सचिवालय वैठकमा असहमति पत्र पेश गरेका छन् । सोमबार बसेको बैठकमा नेता नेपालले लिखित असहमति पत्र पेश गरेका हुन् । प्रदेश इन्चार्ज सहइन्चार्ज र अध्यक्ष सचिव मनोनयन प्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति पत्र दर्ता गरेका छन् ।

सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए । बैठकले त्यसलाई सचिवालय बैठकको एजेण्डा बनाएको छ । त्यस माथि पर्सी बुधबार छलफल हुने जनाएका छन्।

सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । साथै पर्सीको बैठकका थप एजेण्डासमेत तय गरेको छ । पर्सी सचिवालयको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस