नैतिक शिक्षा पढाउने शिक्षक दुई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नैतिक शिक्षा पढाउने शिक्षक दुई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ


२१ आश्विन २०७५, आइतबार


पक्राउ

काभ्रे । काभ्रेमा सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक दुई बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । कक्षा पाँचमा अध्ययनरत ९ वर्षीया दुई छात्रामाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले शिक्षक शंकर पहारीलाई पक्राउ गरेको हो ।

उनी दुई वर्ष देखि ती मालिकामाथि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । पीडितको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको र उनी माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस