राजधानीमा राहत शिक्षकहरुको प्रदर्शन, स्वतः स्थायीको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजधानीमा राहत शिक्षकहरुको प्रदर्शन, स्वतः स्थायीको माग


२१ आश्विन २०७५, आइतबार


काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत रहेकाले पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले प्रक्रिया पुर्‍याएर स्थायी गर्न प्रदर्शन गरेका हुन् ।

देशभरका राहत शिक्षकहरु आइतबार काठमाडौंमा भेला भई काठमाडौंको माइतीघर मण्डलादेखि  नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरेका थिए ।

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आयोजनामा विरोध प्रर्दशन गर्न देशभरबाट सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस