संसदीय दलको बैठकमा राजधानीको विषय प्रवेश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसदीय दलको बैठकमा राजधानीको विषय प्रवेश


२१ आश्विन २०७५, आइतबार


हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश नं. ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।

उक्त दलको मुख्यमन्त्री निवासमा आज बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताए ।

उनले यो विषयमा अहिले सबैको चासो भएकाले छिटै प्राथमिकतामा राखिने धारणा व्यक्त गरे । उनले भने, “सबै सांसदहरु तथा प्रदेश नं. ३ का जनता स्थायी राजधानीको विषय चाँडो टुङ्गोमा पुगोस् भन्नेमा छन्, यो विषयले आज या भोलि सांसदमा प्रवेश पाउनेछ ।”

बैठकमा नेकपा ३ नं. प्रदेश संसदीय दलको विधानको स्वीकृति, संसदीय दलका सभापतिको प्रतिवेदन, मन्त्रीद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन पेश गर्ने तथा पार्टीको लेबी विषयमा समेत छलफल हुने कार्यक्रमसमेत रहेको सांसद मुनु सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस