उपचारमा सजिलो बन्दै आधुनिक उपकरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपचारमा सजिलो बन्दै आधुनिक उपकरण


२१ आश्विन २०७५, आइतबार


बाजुरा । जिल्ला अस्पतालमा डिजिटल कम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ । एक्स–रे र उपचार सेवालाई भरपर्दो तथा प्रभावकारी बनाउन दुई महीनाअगाडि जडान गरिएको आधुनिक प्रविधिको उक्त उपकरणको सहयोगमा अहिले उपचार गराउन सजिलो भएको कार्यालय प्रमुख रूपचन्द्र विश्वकर्माले बताए।

बडिमालिका नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको रू १६ लाखबाट जडान गरिएको उक्त उपकरणबाट स्थानीयवासीलाई जिल्ला तहमै भरपर्दो आधुनिक उपचार सेवा प्रवाह गर्न सहज भएको छ । उपचार सेवा सहज भएपछि दैनिकजसो बिरामीको सङ्ख्या वृद्धि भएको र उपचार तथा रोगको पहिचान गर्न पनि निकै सजिलो भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

पहिले एक्स–रेबाट प्रिन्ट निकाल्नका लागि केमिकल मिसाउँदा र सुकाउँदा लामो समय कुनुपर्ने बाध्यता उक्त उपकरणको जडानसँगै हटेको प्रमुख चिकित्सक विश्वकर्माले बताएका छन्। एक्स–रे गरेको पाँच मिनेटमै रोग पत्ता लगाउन सकिने विशेषता सो उपकरणमा छ । यसअघि तीन÷चारथरीको एक्स–रे गर्नुपर्ने र प्रिन्ट पनि महँगो हुनेगरेको थियो ।

प्रतिक्रिया दिनुहोस