धनगढीमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धनगढीमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै


२१ आश्विन २०७५, आइतबार


काठमाडौं । सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता कात्तिक २७ गतेदेखि मङ्सिर ४ गतेसम्म हुने आयोजकले जनाएको छ । यो प्रतियोगिता विद्यालयस्तरीय हुने छ ।

आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि प्रदेश ७ ले खेलकूद क्षेत्रमा भने छुट्टै पहिचान बोके छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक कमिटीले प्रतियोगिताबारे जानकारी दिएको छ ।

खेलकूदमार्फत खेलाडीको जीविकोपार्जन गर्न सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ । क्रिकेटको प्रायोजक भने निष्ट कलेज लैनचौर काठमाडौंरहेको छ। विद्यालयस्तरबाट विद्यार्थीलाई खेलकूदमा सहभागी गराउन सकेमात्र देशले राम्रो खेलाडी पाउने विश्वास रहेको छ ।

प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाइस्कूल धनगढी, सिद्धार्थ शिशु सदन स्कूल धनगढी (साविक विजेता), शारदा मावि धनगढी, सरस्वती मावि गेटा, क्यास्पियन एकेडेमी धनगढी, एबिसी बोर्डिङ स्कूल नेपालगञ्ज, कैलाली मोडेल स्कूल धनगढी, बिज्डम एकेडेमी बेलौरी कञ्चनपुर, लिटल बुद्ध एकेडेमी महेन्द्रनगर कञ्चनपुर (साविक उपविजेता), हिमालय ह्वाइट हाउस वल्र्ड स्कूल काठमाडौं, निष्ट स्कूल भक्तपुर र मोक्षदा स्कूल काठमाडौं गरी १२ विद्यालय सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार ११ र उपविजेतालाई ५५ हजार ५५५ पुरस्कार राशि दिइने जनाइएको छ ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई पाँच हजार, उत्कृष्ट बलरलाई पाँच हजार, उदयमान खेलाडीलाई एक हजार (लिग चरणमा), म्यान अफ द म्याचलाई एक हजार ५०० (नकआउट चरणमा), म्यान अफ द म्याचलाई (अन्तिम चरण) दुई हजार पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र दिइनेछ ।

प्रतिक्रिया दिनुहोस