नेपालका विभिन्न पर्व, प्रथा तथा नाचहरू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालका विभिन्न पर्व, प्रथा तथा नाचहरू


प्रशासन विशेष ब्युरो

२१ आश्विन २०७५, आइतबार


नेपालका विभिन्न पर्व, प्रथा तथा नाचहरू

अँटवारी पर्व – राप्ती पश्चिमका दाङ, देउखुरी, कैलाली, कञ्चनपुर जिल्लाका थारु समुदायले मनाउने माघी पछिको ठुलो पर्व जसमा पाँच पाण्डवमध्ये भीमसेनको पूजा गरिन्छ ।

अंश ठेकी प्रथा – किराँत राई जातमा छोरीको विवाह गर्दा काठको सानो ठेकीमा तेल भरेर दिइने प्रथा ।

अखरिया नाच – पश्चिम नेपालका थारु समुदायले दशैताका नाच्ने नाच ।

आठपहरिया ढोल नाच – नेपालको पूर्वी क्षेत्रका आठपहरिया राईहरूले दसैँ जस्तै ठुलो चाडका रूपमा मंसिर महिनामा १५ दिनसम्म नाच्ने नाच ।

गुरही त्यौहार – नेपालका थारु समुदायले चैते दशैताका मनाइने चाड ।

घुमरा नाच – थारु समुदायको सांस्कृतिक नाच जसलाई सहलेशको जीवनसँग सम्बन्धित मानिन्छ ।

चैतोला पर्व – अछाम जिल्लामा चैत्र महिनामा मनाइने पर्व ।

छतरी – थारु समुदायले रोपाइको समयमा प्रयोग गर्ने मौलिक विशेषता भएको घामपानीबाट बच्न प्रयोग गरिने वस्तु ।

जात्री पर्व – पुर्वी तराईका झापा,मोरङ, सुनसरी जिल्लाका धिमालहरूले वैशाख २ गते नयाँ वर्षका रूपमा मनाउने पर्व ।

डुक्पाछेसु पर्व – श्रावण महिनाको ४ गते तिव्वतीयन सम्प्रदायका लामाहरूले मनाउने पर्व ।

तितो क्वाँटी संक्रान्ती – नेवार समुदायले नयाँ वर्ष विक्रम सम्वतको मेष संक्रान्तीका दिन तितो क्वाँटी खाएर मनाउने पर्व हो जसलाई नेपाल भाषामा खायु संलु भनिन्छ ।

तिनमासा गीत – यो गीत वर्षातको समयमा ३ महिनाको वर्णन गर्दै थारु समुदायले गाउने गीत ।

तुसरी व्रत – मैथली समुदायका कन्याहरूले राम्रो पति पाउँ भनी माघ महिनाभरि बस्ने व्रत ।


प्रस्तुति
शेखर रोकाया


 

प्रतिक्रिया दिनुहोस