आइनजीओलार्इ देश छाड्न सरकारको आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइनजीओलार्इ देश छाड्न सरकारको आदेश


प्रशासन विशेष ब्युरो

२० आश्विन २०७५, शनिबार


आइनजीओलाइ देश छाड्न सरकारको आदेश

इस्लामावाद । पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आइनजीओ) लार्इ ६० दिन भित्र देश छोड्न निर्देशन दिएको छ।

प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकाले आइएनजीओलार्इ तत्काल आफ्ना सम्पूर्ण काम पनि बन्द गर्न निर्देशन दिएको हो ।

पाकिस्तानी सरकारको उक्त निर्णयबारे एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एक्सन एडले कडा प्रतिक्रिया दिएको छ । उसले इमरान सरकारको यो निर्णय नागरिक समाजमाथि भइरहेको श्रृंखलावद्ध हमलाको एउटा हिस्सा रहेको टिप्पणी गरेको छ ।

मानवअधिकार उलंघनको मामिला र प्रेसको अभिव्यक्तिमाथि अंकुशको घटना बढिरहेको अवस्थामा सरकारको यो निर्णय सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलार्इ पाकिस्तानको जासुसी एजेन्सीले सन्देहको दृष्टिबाट हेर्दै आएको छ । सन् २०११ मा अमेरिकाको जासुसी एजेन्सी सीआईएले ओसामा बिन लादेनको खोजका लागि नक्कली खोप अभियान नै चलाएको आरोप पाकिस्तानले लगाउँदै आएको छ ।

एक्सन एडसहित अन्य धैरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालार्इ डिसेम्बर २०१७ मा पनि देश छाडेर जान भनिएपनि पश्चिमी सरकारको दबावका कारण पाकिस्तान यो निर्णयबाट पछि हटेको थियो ।

एक्सन एड पाकिस्तानका निर्देशक अब्दुल खालिकले बीबीसीसँग कुरा गर्दै सरकारको निर्णयविरूद्ध अपिल गर्न कठिन रहेको बताएका छन् । उनले सरकारको यो निर्णयबाट संस्थासँग काम गरिरहेका गरिबीको अवस्थामा रहेका धेरै पाकिस्तानी नागरिक बेसहारा हुने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस