बौद्धका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बौद्धका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ


प्रशासन विशेष ब्युरो

२० आश्विन २०७५, शनिबार


घूस

काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार राईलाई रंगेहात पक्राउ गरेकाे हाे।

रार्इलार्इ आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ पक्राउ गरेको हो । उनले दशैं खर्च भन्दै जग्गा प्लटिङ ब्यवसायीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएकाे अायाेगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस