कक्षा ११ को नतिजा प्रकाशित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कक्षा ११ को नतिजा प्रकाशित


प्रशासन विशेष ब्युरो

२० आश्विन २०७५, शनिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।

ग्रेडिङ प्रणालीमा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी रहेकोमा नियमिततर्फ एक हजार एक सय ४५ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् भने ८ हजार ९ सय ४९ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् ।

त्यसैगरी जीपीए २.८१ देखि जीपीए ३.२० ल्याउने २४ हजार ५ सय १५ विद्यार्थी छन् । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विध्यार्थिको संख्या ४८ हजार ७ सय ३२ जना रहेको छ ।

८६ हजार ७ सय ७० जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन् । ९२ हजार ५ सय ९३ परीक्षार्थीले १.६१ देखि २.०० जीपीए पाएका छन् ।

त्यस्तै ४१ हजार ४ सय ६ जनाले १.२१ देखि १.६० जीपीए ल्याएका छन् । ०.८१ देखि १.२० जीपीए प्राप्त गर्ने विदार्थीको संख्या ८ हजार १ सय २७ रहेको छ । र २० हजार ६ सय ८५ विद्यार्थिले ०.० देखि ०.८० रहेको परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।

परीक्षा गत वैशाख ३० देखि जेठ ९ गतेसम्म भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस