पम्पुका मालिकसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पम्पुका मालिकसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर


१९ आश्विन २०७५, शुक्रबार


पप्पु कन्ट्रक्सन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोपराइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जना विरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रोपराइटर रौनियार संघीय समाजवादी फोरमका सांसद हुन्।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको हो।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमाथिको जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको उजुरीमाथि अनुसन्धानबाट पुल निर्माणमा आर्थिक अनियमितता भएको देखिएपछि अख्तियारले छानविन शुरु गरेको थियो ।

ciaa

प्रतिक्रिया दिनुहोस