कक्षा ३ मा ३ विद्यार्थी ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कक्षा ३ मा ३ विद्यार्थी !


१९ आश्विन २०७५, शुक्रबार


पाल्पा । रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् ।

विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १२ विद्यार्थी छन् । कक्षा १ मा पाँच र कक्षा २ मा चार र कक्षा ३ मा तीन बालबालिकाले विद्यालयमा अध्ययन गर्दै आएको प्रधानाध्यापक कमल भुसालले जानकारी दिए ।

कम विद्यार्थीमा पठनपाठन गर्दा सहज रुपमा गृहकार्य र सिकाइ तथा बुझाइ प्रभावकारी हुने भुसालले जानकारी दिए । न्यून विद्यार्थी हुँदा अतिरिक्त क्रियाकलाप गर्दा निकै समस्या हुने गुनासो विद्यालयको छ । विद्यालयको सेवा क्षेत्रभित्र ७०/७५ घरपरिवार छ । श्रीमान् रोजगारका कारण विदेश पलायन भएसँगै श्रीमती बालबालिका पढाउनका लागि सदरमुकाम तानसेन धाउन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्कट भएको हो ।

प्रधानाध्यापकका अनुसार विद्यालयले विद्यार्थीबाट भर्ना शुल्क, परीक्षा, मासिक शुल्कलगायत शुल्क लिँदैन । वि.सं. २०५२ देखि ६० सम्म प्राविसम्म ५५ विद्यार्थी रहे पनि अहिले विद्यालय न्यून विद्यार्थी छन् । विद्यालयका प्रअ भुसाल राहत दरबन्दीका शिक्षक छन् भने धना पोखरेल अस्थायी शिक्षकका भरमा प्रावि सञ्चालनमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस