सशस्त्र प्रहरीमा भर्ना खुल्योः ४३ इन्स्पेक्टर र २३९ असई माग (सूचनासहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीमा भर्ना खुल्योः ४३ इन्स्पेक्टर र २३९ असई माग (सूचनासहित)


१९ आश्विन २०७५, शुक्रबार


काठमाडौं । सशस्त्र प्रहरीले अधिकृतहरुमा भर्नाका लागि दरखास्त आव्हान गरेको छ।

सशस्त्र प्रहरी बल नेपालले ४३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र २ सय ३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को माग गरेको हो।

कार्तिक १८ गते साँझ पाँच बजेसम्म दरखास्त दिन सकिने भर्ना तथा छनोट शाखाले जनाएको छ ।

प्रहरी निरीक्षकका लागि स्नातक वा सो सरहको उपाधि प्राप्त गरेका र २५ वर्ष ननाधेको हुनु पर्ने छ भने प्रहरी सहायक निरीक्षकका लागि प्रविणता प्रमाणपत्र उर्तिण हुनुको साथै २३ वर्ष ननाघेको हुनुपर्ने छ।

दरखास्तका लागि प्रहरी प्रधानकार्यालय हलचोक, पकली बाहिनी सुनसरी, बर्दिबास बाहिनी बर्दिबास, भण्डारा बाहिनी चितवन, पोखरा बाहिनी कास्की, चन्दौटा बाहिनी कपिलबस्तु, बांगेसिमल बाहिनी सुखेत र अत्तरिया बाहिनी कैलालीबाट दरखास्त दिन सकिने छ।

हेर्नुस सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस