गृहमन्त्री  र आइजिपीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री  र आइजिपीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन


१८ आश्विन २०७५, बिहिबार


काठमाडौं । निर्मलालाई न्याय दे भन्दै सिंहदरवार अगाडि प्रदर्शन भएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्याय माग गर्दै आज सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरिएको हो।

घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्। प्रदर्शनकारीले गृहमन्त्री र आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनीहरु विरुद्ध नारा बाजि गरेका छन्।

निषेधाज्ञा तोड्दै युवा/युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको अपराधी पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस