चन्द्रप्रकाश बानियाँको ‘मत्युसंस्कार मन्थन’ लोकार्पण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चन्द्रप्रकाश बानियाँको ‘मत्युसंस्कार मन्थन’ लोकार्पण


१४ आश्विन २०७५, आइतबार


काठमाडौं । राजनीतिकर्मी तथा संस्कृतिविद् चन्द्रप्रकाश बानियाद्वारा लिखित पुस्तक ‘मृत्यूसंस्कार मन्थन (इतिहास मान्यता र वास्तविकता)’ पुस्तक लोकार्पण गरिएको छ ।

संस्कृतिविद प्रा.डा. जगमान गुरुङ्ग, पुर्वमन्त्री तथा लेखक दिनानाथ शर्मा, लेखक पं चन्द्रप्रकाश बानियाँ र शिखा वुक्सका प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि समिक्षा गर्दै आफूले पढ्ने वेलामा संस्कृति नपढेकोमा पछुतो रहेको र यस्ता पुस्तकले हाम्रो भावी पुस्ता सम्मलाई संस्कृति अध्ययन गर्ने सहयोग मिल्ने बताए । उनले यो पुस्तक पढ्न, पढाउनु पर्ने र संग्रह गर्नु पर्ने पुस्तक रहेको बताए ।

संस्कृति विज्ञ प्रा.डा. जगमान गुरुङले मृत्यूसंस्कार के कसरी गर्ने वारे धेरै चर्चा र विर्मश भईरहेको आजको अवस्थामा पुस्तकले नयाँ संभावनाको खोजी गरिरहेको बताए ।

नेपालमा रहेका विभिन्न जातजातिको मात्र नभई विज्ञान, हिन्दु र अन्य धर्ममा रहेको मृत्युसंस्कार परम्परालाई समेत यसमा मन्थन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस