बङ्गबन्धु कप खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बङ्गबन्धु कप खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान


१४ आश्विन २०७५, आइतबार


काठमाडौं । बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। नेपाली टोली आजै बङ्गलादेश प्रस्थान गर्नेछ ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेशसँगै लाओस र फिलिपिन्स छन् ।

नेपालले आफ्नो पहिलो खेल यही असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ । दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् ।

त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस