खुर्सिदको हत्यारालाई कानुनको कठघारामा ल्याईछाड्ने गृहमन्त्रीको प्रतिवद्धता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खुर्सिदको हत्यारालाई कानुनको कठघारामा ल्याईछाड्ने गृहमन्त्रीको प्रतिवद्धता


१० आश्विन २०७५, बुधबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले असोज ४ गते सुनसरीमा अज्ञात समुहले हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघररमा ल्याईछाड्ने बताएका छन् ।

गृहमन्त्रालयमा आज मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्तगरेका छन् । उनले मृतक अन्सारीका परिवार प्रति समवेदना प्रकट गर्दै घटनालगत्तै अन्सरीलाई सहिद घोषणा गरीसकेको र उनको परिवारलाई दिने भनिएको राहत रकम दुई/चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए ।

गृहमन्त्री थााले भने, ‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्छौं ।’ उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रष्ट पारे । भेटमा सहभागी मृतक खुर्सिदका भाई जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरीएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनीहरुले घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर मिडियामा आएको समाचारले आफूहलाई झनै पिडा थपिएको बताए । उनीहरुले मृतक खुर्सिदलाई नियोजित रुपमा आरोप लगाईएको भन्दै लगाईएको आरोप तथा आरोप लगाउनेहरुबारे समेत छानविन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस