अमेरिकी डीभी खुल्दै, असोज १७ देखि आवेदन भर्न सकिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी डीभी खुल्दै, असोज १७ देखि आवेदन भर्न सकिने


१० आश्विन २०७५, बुधबार


काठमाडौं । सन् २०२० का लागि अमेरिकी डाइभर्सिटी (भिसा) कार्यक्रम असोज १७ देखि खुल्ने भएको छ ।

अमेरिकी दूताबासले डीभी चिट्ठामा सहभागी हुन शुल्क नलाग्ने बताएको छ । डाइभर्सिटी भिसाका लागि आवेदकहरूले दर्ता अवधिमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।

दर्ता गर्दा पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरेको नेपालस्थित अमेरिकी राजदुताबासले जनाएको छ ।

दुताबासका अनुसार सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति/पत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने छ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राखि यही नम्बरका आधारमा छनोट भए नभएको ७ मे २०१९ पछि हेर्न सकिने दुताबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस