दुई नेपाली चिनियाँ जेलमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दुई नेपाली चिनियाँ जेलमा


८ आश्विन २०७५, सोमबार


काठमाडौं । दुई नेपाली चिनियाँ जेलमा बन्दी बनाएर राखिएका छन् ।

भिजिट भिसामा गएर काम गरिरहेका उनीहरुलाई चीनको अध्यागमन विभागले हिरासतमा राखिएको जनाइएको छ ।

दुई महिनादेखि बन्दी बनाएर राखिएका गोपाल खत्री र सुजनप्रसाद नेपाल ग्वान्झाउ, लुचिङ्लुस्थित रेष्टुरेण्टमा कार्यरत थिए । ‘वर्क परमिट’ नलिएर काम गरेबापतको जरिवाना बुझाउन नसक्दा उनीहरू हिरासतमा रहेकौ गैरआवासीय नेपाली संघ, चीनका एक पदाधिकारीले जनाएका छन् ।

जनही करिब साढे तीन लाख रुपैयाँ बुझाए छुट्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस