राष्ट्र निर्माणका प्रमुख सवालहरूमा विज्ञहरूलाई राखेर सेमिनार गर्दैछौं « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र निर्माणका प्रमुख सवालहरूमा विज्ञहरूलाई राखेर सेमिनार गर्दैछौं


८ आश्विन २०७५, सोमबार


चैतन्य एकेडेमी नेपाल

‘नेशनल कन्फरेन्स अन पिस, प्रोस्पिरिटी एन्ड ह्याप्पिनेस’
चैतन्य एकेडेमी नेपालले स्थापनाकालदेखि मानव संसाधन, विकास र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । यसले आफ्ना नियमित कार्यक्रमको साथै वार्षिकरूपमा राष्ट्रिय स्तरका सेमिनारहरू आयोजना गर्दै आएको छ । उक्त सेमिनारहरूले देशको समग्र विकास, सामाजिक रूपान्तरण, सकारात्मक परिवर्तन, आर्थिक समृद्धि, मानव विकाससँग जोडिएका अन्तर्निहित विषयमा विज्ञहरूको विचार सम्मिलित सेमिनार गरिरहेको छ । अहिले हामी यस्ता सेमिनारहरूको पाँचौँ श्रृङ्खलामा ‘नेशनल कन्फरेन्स अन पिस, प्रोस्पिरिटी एन्ड ह्याप्पिनेस’ भन्ने विषय लिएर अघि बढ्दै छौ ।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान चलाइरहेको छ । आर्थिक, सामाजिक, राजनीतिक र मानव विकासको पक्षमा के हुँदा अभियानको सार्थकता हुन्छ ? अभियानको नारा कसरी जस्टिफाइ हुन्छ ? जनताले कसरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ व्यावहारिक महसुस गर्न सक्छन् ? यिनै विषयमा सेमिनारमा आर्थिक, सामाजिक र राजनीतिक विज्ञहरूसँग चिन्तन र छलफल गराइनेछ । त्यस कारण यो सेमिनार राष्ट्र निर्माणमा केन्द्रित छ भन्न सकिन्छ ।

राष्ट्र निर्माण गर्नु सरकारको मात्रै जिम्मेवारी होइन, आम नागरिक, पेसाकर्मी तथा व्यवसायीको पनि जिम्मेवारी हो । यही मान्यतालाई आत्मसाथ गरी चैतन्यले वार्षिकरूपमा यस्ताखालका सेमिनारहरूको आयोजना गरिरहेको छ ।

सहभागिता
सेमिनारमा सकारात्मक सोच राख्ने, आफ्नो पेसा, व्यवसाय र सेवाको क्षेत्रबाट राष्ट्र निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न चाहने, राष्ट्रिय चरित्र, राष्ट्रिय चिन्तनलाई हृदय र मस्तिष्कमा बोकेका मान्छेहरूको जमघट हुन्छ । त्यसैले यो सेमिनार उत्कृष्ट व्यक्तित्वहरूको जमघट हुने थलो हो । यसलाई एउटा ‘सेन्ट्र अफ एक्सलेन्स’ पनि भन्न सकिन्छ ।

सेमिनारमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू, राजनीतिक जन प्रतिनिधिहरू, बैंक तथा इन्सुरेन्सकर्मीहरू, उद्योगी÷व्यावसायीहरू, शिक्षाकर्मीहरू, पत्रकार र विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका पेसाकर्मीहरू सहभागी हुन्छन् ।

सेमिनारमा विभिन्न संस्थाहरूले सदस्य तथा कर्मचारीहरूलाई संस्थागत रूपले सहभागी गराउन सक्छन् । व्यक्तिगत रूपमा पनि सहभागी हुन सक्छन् । सेमिनारमा विभिन्न क्षेत्रका विज्ञको प्रस्तुति रहनेछ । सेमिनारमा २० जना प्रशिक्षक रहनेछन् भने सय जना प्रशिक्षार्थीहरूको उपस्थिति रहनेछ ।

छलफलका विषय
राष्ट्र निर्माणका महत्त्वपूर्ण पक्ष भनेकै आर्थिक, सामाजिक, राजनैतिक विषयहरू हुन् । कस्तो खालको आर्थिक विकासबाट हाम्रो देशको समृद्ध सम्भव छ ? कस्तो खालको राजनीतिक संस्कार वा परिपाटीले हाम्रो समाजलाई समृद्धितर्फ उन्मुख गराउँदछ ? सामाजिक रूपमा हाम्रो वर्तमान सामाजिक संवेदना समृद्धि उन्मुख छ कि छैन ? वा कस्तो खालको सामाजिक विकासबाट समृद्ध हासिल गर्ने आधार निर्माण गर्दछ ? र, मानव विकासका दृष्ट्रिकोणले हाम्रो चेतना, क्षमता, मानव विकासका लागि राज्यको लगानी लगायत विषयहरू समृद्धि उन्मुख छन् कि छैनन् भन्ने विषयमा रहेर विज्ञहरूका धारणाहरू सेमिनारमा आउने छन् ।

सेमिनारमा छलफल गरिएका विषयको प्रकाशन पनि गर्नेछौँ । यसले विकास निर्माणका योजना बनाउन सरकारलाई फिडब्याक हुन सक्छ । सेमिनारलाई व्यक्तिगत, पेसागत, सामाजिक र राष्ट्रिय जीवनका विभिन्न आयामहरूमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणाका रूपमा लिन सकिन्छ । साथै देश समग्र विकासका विषयमा एउटा अर्थपूण आधारण विकास गर्ने क्षमता विकास गर्ने अवसरको रूपमा पनि लिन सकिन्छ । यसअघि चार सेमिनारहरूमा सहभागीहरूको पृष्ठपोषण पनि उत्कृष्ट थियो ।

स्थान र मिति
हामीले धुलिखेलको मिराइबेल रिर्सोटमा सेप्टेम्बर २८ र २९ मा कार्यक्रम गर्न लागेका छौँ । यसअघिका वर्षहरूमा पनि हामीले धुलिखेलमा सेमिनार गरेका थियौँ, जुन आवासीय थियो र यस वर्ष पनि धुलिखेलमै हुने छ ।

शुल्क
सेमिनार रिर्सोटमा आयोजना गरिने भएकाले केही व्यवस्थापकीय खर्च छन् । त्यसैले सेमिनारमा सहभागी हुन चाहनेले सहभागिता शुल्क तिर्नुपर्ने हुन्छ । दुई दिनसम्म चल्ने यस सेमिनारमा सहभागी हुनका लागि रु १५,००० शुल्क तोएिको छ । जसमा आवासीय लगायत सम्पूर्ण खर्चहरू जोडिएका छन् ।

सहभागीले तिरेको शुल्क र बिताएको समय समयप्रति पूर्ण न्याय हुने विश्वास दिलाउन चाहन्छु ।

मुनाफा दुरदराजको शिक्षामा
सेमिनार सामाजिक उत्तरदायित्व र देश निर्माणमा केन्द्रित छ, त्यस कारण यो गैरनाफामुखी कार्यक्रम हो । यसअघि पनि सेमिनारबाट भएको लाभ शिक्षा र सामाजिक सवालहरूमा लगानी गरेका छौँ । यस वर्ष पनि सेमिनारबाट भएको लाभबाट देशका दूर दराज बस्तीहरूमा न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्नेछौँ ।

निष्कर्ष
समाजको सकारात्मक रूपान्तरण, राष्ट्र निर्माण, र मानव विकासका निमित्त सेमिनार आयोजना गर्न लागेका हौँ । सरकारी तवरबाट त यस्ता खालका कार्यक्रम भइराखेका छन् नै प्राइभेट क्षेत्रबाट पनि यस्तो चिन्तन मनन गर्ने थलोको रूपमा सेमिनार आयोजना गर्न लागेका हौँ । हाल सम्म हामीलाई साथ सहयोग पु¥याउनु हुने संस्था, व्यक्ति, श्रदेय विज्ञहरू, सहयोगी संस्थाहरू सबै प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सहयोगको निरन्तरको अपेक्षा गर्दछु ।

(कुराकानीमा आधारित)

Tags :
प्रतिक्रिया दिनुहोस