काठमाडौं । मलेसियामा बिषाक्त रक्सी बिक्री गरेको आरोपमा तीन नेपाली सहित दश जना पक्राउ परेका छन् ।
मलेसियामा गत मंगलबार ७ जना नेपालीसहित २९ जनाको ज्यान जाने गरी भएको विषाक्त मदिरा बिक्रिमा संलग्न रहेको आशंकामा प्रहरीले दश जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ जना नेपाली, ३ जना मलेसियन, ३ जना भारतीय र एकजना म्यानमारका नागरिक ररहेका छन् ।
विषाक्त मदिराका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने अझै १९ जनाको अस्पतालमा उपचार भइरहेको छ । १४ जना उपचारपछि फर्किएका छन् ।