यु–१६ च्याम्पियनसिपअन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यु–१६ च्याम्पियनसिपअन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्ने


७ आश्विन २०७५, आइतबार


काठमाडौं । एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिपअन्तर्गत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउसो ३ः३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएको थियो ।

समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छिनोफानो हुनेछ । म्यानमार र फिलिपिन्सबीच अहिले खेल भइरहेको छ । समूह ‘इ’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस