गुगल र फेसबुकलाई जरिवाना गरेसँगै अमेजनमाथि छानविन गर्दै युरोपेली युनियन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुगल र फेसबुकलाई जरिवाना गरेसँगै अमेजनमाथि छानविन गर्दै युरोपेली युनियन


७ आश्विन २०७५, आइतबार


युरोपेली युनियनको नजर अमेरिकी कम्पनी अमेजनतर्फ परेको छ ।

गुगल र फेसबुकलाई मोटो रकम जरिवाना गरेसँगै युरोपेली युनियनले अमेजनमाथि छानविन सुरु गरेको बताइएको छ । युरोपेली युनियनकी प्रतिस्पर्धा आयुक्त मारग्रेथ वेस्टेगरले यसको खुलासा गरेकी छन्।

अमेजनले तेश्रो पक्ष बिक्रेताका डाटालाई आफ्नो व्यवसायिक फाइदाका लागि प्रयोग गर्ने गरेको विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको भएपनि औपचारिक रुपमा कुनै बयान नलिइएको उनले बताइन् ।

अमेजनको आम्दानीमा थर्ड पार्टी बिक्रेताको ठूलो महत्व रहेको छ जसले यो वर्षको दोश्रो त्रैमासिकमा ९ अर्ब ७० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले बढी हो ।

गत जुलाईमा इयुले गुगलमाथि ५ अर्ब डलरको जरिवाना गरेको थियो । त्यस्तै सन् २०१६ मा एप्पलले इयुकै आदेशमा आयरल्याण्डमा १६ अर्ब डलर कर चुक्ता गर्नुपरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस