७५ वर्षीय बुवाले बञ्चरो प्रहार गर्दा ५० वर्षीय छोराको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७५ वर्षीय बुवाले बञ्चरो प्रहार गर्दा ५० वर्षीय छोराको मृत्यु


७ आश्विन २०७५, आइतबार


कैलाली । बुबाले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका – ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय बुबा पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरेका थिए ।

बुबाले बञ्चरो प्रहार गर्दा छोराको टाउकोमा लागेको थियो । घाइते भएका कृतबहादुर लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोे थियो । त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएकामा उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको जनाइएको छ ।

शव पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बाबु लाई प्रहरीले नियन्त्रणमा जनाइएको छ ।

सामान्य घरायसी विवादमा बुवाले छोरामाथि प्रहार गरेको प्रहरीले जनाएको छ । सधैंजसो मदिरा सेवन गर्ने ५० वर्षीय छोरालाई मदिरा नपिउन बुवाले आग्रह गर्दा नमानेकोले उनको मृत्यु भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस