राष्ट्रकविको जन्मदिन : निवासमै पुगेर राष्ट्रपतिले दिइन् शुभकामना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रकविको जन्मदिन : निवासमै पुगेर राष्ट्रपतिले दिइन् शुभकामना


७ आश्विन २०७५, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छन् ।

जन्मदिनको शुभकामना दिन राष्ट्रपति भण्डारी आइतबार बिहान लैनचौरस्थित राष्ट्रकविको निवास पुगेकी थिइन् । भेटमा उनले घिमिरेको स्वास्थ्य लाभको कामनासमेत गरिन् । उनले राष्ट्रकविको एक सयौं जन्मदिनमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताइन् ।

यसक्रममा राष्ट्रपति भण्डारीले घिमिरेले पाएका पुरस्कार, तक्मा, प्रमाणलगायतले भरिएको कोठाको अवलोकन गरेकी थिइन् ।

प्रधानमन्त्रीद्वारा ट्विटबाट शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले ट्विटमार्फत् राष्ट्रकविलाई शुभकामना दिएका हुन् ।
हेर्नुस् ट्विट

Tags :
प्रतिक्रिया दिनुहोस