बैतडीमा टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि


७ आश्विन २०७५, आइतबार


बैतडी । आगामी कात्तिक दास्रो साता देखि बैतडीमा टी ट्वान्टी क्रिके प्रतियोगिता २०७५ हुने भएको छ । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–सञ्चालन हुने भएको हो । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनामा सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ ट्रफी तथा प्रमाणपत्र राखिएको आयोजकरीले बताएका छन् ।

कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी एक जनालाई ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक÷एक जनालाई जनही ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टोलीले असोज २५ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने र तीन जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी (नेपाली नागरिक) समेत राख्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु निङ्गलाशैनी खेल मैदान देहिमाडाडौँमा सञ्चालन जानाइएको छ ।

प्रतिक्रिया दिनुहोस