इन्धन वितरणमा कोटा प्रणाली हट्यो, मागे जति पाईने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्धन वितरणमा कोटा प्रणाली हट्यो, मागे जति पाईने


७ आश्विन २०७५, आइतबार


काठमाडौं । इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटेको छ।

चालकहरुले आन्दोलन फिर्ता लिएपछि नेपाल आयल निगमले आइतबारबाट कोटा प्रणाली हटाएको हो ।

यससँगै आजबाट उपभोक्ताले मागेजति तेल पाउने नेपाल आयल निगमले जनाएको छ ।

इन्धन आपूर्ति सहज हुँदै गएकाले कोटा प्रणाली हटाइएकोले पेट्रोल पम्पहरुलाई मागे जति तेल दिन जानकारी गराइसकेको निगमले जनाएको छ ।

दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस