नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा, थिंक ट्यांक गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा, थिंक ट्यांक गठन


प्रशासन विशेष ब्युरो

६ आश्विन २०७५, शनिबार


सचिव

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक(एआईजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवा गरेको हो । कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए ।

बढुवासँगै कार्कीलाई प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

थिंक ट्यांक गठन
सरकारले थिंक ट्यांक गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले नीति अनुसन्धान प्रतिष्ठानमा प्रा. डा. चैतन्य मिश्र, डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहेका छन् ।

त्यसैगरी माथिल्लो अरुण आयोजना सरकारको स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणमार्फत बनाउने २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बनाउने निर्णय भएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस