गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


६ आश्विन २०७५, शनिबार


कसो गर्ने होला ?

रोकिन्न खै बलात्कार कसो गर्ने होला ?
यस्तै भन्छ अखबार कसो गर्ने होला ?

दानवीय व्यवहारले तर्साउँदा आफ्नै,
उजाडिन्छ घर संसार कसो गर्ने होला ?

कोपिला हो नफक्रदै निमोठ्ने त्यो कार्य,
हुन थाल्यो लगातार कसो गर्ने होला ?

अपराधी बचाउनतिर लाग्दा कानुन,
कहाँ जान्छ खै संचार कसो गर्ने होला ?

खै कसरी देश बन्ला युवा बाटो भुल्दै,
जान थाले कारागार कसो गर्ने होला ?

प्रतिक्रिया दिनुहोस