गजल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गजल


६ आश्विन २०७५, शनिबार


गजल

तोड्नु रै’छ नाता किन जोडी बैगुनीले ।
ख्यालख्यालैमा वचन सारा तोडी बैगुनीले ।।

कुरा गर्थी हाँसीखुसी जीउने सपनाको,
नसोधेरै एकै वचन छोडी बैगुनीले ।

समानान्तर रेखाजस्तै भन्थी हाम्रो माया,
धोखा दिई अन्तै पाइला मोडी बैगुनीले ।

मन्दिरमा खाको कसम लत्याएरै गई,
फूल फुल्ने गमला नै फोडी बैगुनीले ।

फूल ठान्थेँ ढुंगा रैछ, थाहा पाएँ बल्ल,
छियाछिया पारी मुटु गोडी बैगुनीले ।

राख्छु अब कुणिएको मुटु सम्हालेरै,
थाहा छैन कसको घुम्टो कओढी बैगुनीले ।

प्रतिक्रिया दिनुहोस