सरकारसँग ८ बुँदे सहमतिपछि यातायात मजदुरको आन्दोलन फिर्ता(सहमति पत्रसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारसँग ८ बुँदे सहमतिपछि यातायात मजदुरको आन्दोलन फिर्ता(सहमति पत्रसहित)


५ आश्विन २०७५, शुक्रबार


यातायात मजदुर

काठमाडौं । आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएको छ ।

मुलुकी संहिताको विरोध गर्दै आन्दोलित मजदुरसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको ८ बुँदे सहमती पछि यातायात मजदुर गाडी चलाउन तयार भएका हुन् ।

सहमतिमा नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने,

ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था मिलाउने, सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई आजै रिहा गर्ने लगायतका सहमति भएको छ ।

हेर्नुहोस् निर्णयहरु

यातायात मजदुर

Tags :
प्रतिक्रिया दिनुहोस