सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय


५ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । सरकारी निकाय धमाधम सङ्घीय संरचनाअनुरुप अघि बढिरहेका बेला नार्कले पनि आफूलाई सङ्घीय संरचनामा ढाल्न निर्देशनालय स्थापनाको सोच अघि सारेको हो ।

हाल मुलुकका ६२ जिल्लामा नार्कको सञ्जाल विस्तार भए पनि प्रदेशस्तरमा सङ्गठन छैन । नार्कका सूचना अधिकृत बाबुराम पौडेलले सङ्घीय संरचनाअनुरुप अघि बढ्न नार्कले सातै प्रदेशमा अनुसन्धान निर्देशनालय स्थापनाको तयारी थालेको बताए । सातै प्रदेशमा अनुसन्धान निर्देशनालय जतिसक्दो छिटो निर्देशनालय स्थापना गर्न तयारी तीव्र पारिएको छ । प्रदेश नं. १ मा सुनसरी, २ मा बाराको परवानीपुर तथा गण्डकी प्रदेशमा कास्कीको लुम्लेमा निर्देशनालय खोल्ने प्रस्ताव अघि बढाइएको छ ।

प्रदेश नं ३ मा नार्कको मुख्यालय नै छ । प्रदेश नं. ५ मा बाँकेको खजुरामा दिर्नेशनालय राख्ने सम्भावना छ । प्रस्तावले मूर्तरुप पाएमा कर्णाली प्रदेशको सुर्खेत कृषि केन्द्रको स्तरोन्नति भएर निर्देशनालयमा बदलिने छ । प्रदेश नं. ७ मा अहिलेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीलाई अनुसन्धान केन्द्र बनाई कैलालीको मुसरियामा नयाँ कृषि अनुसन्धान निर्देशनालय खोल्न प्रस्ताव गरिएको छ । “प्रदेश अनुसार अनुसन्धान पनि फरकफरक हुनेछ,” पौडेलले भन्नुभयो । प्रदेशको भूगोल र हावापानी फरकफरक भएकाले उद्देश्य पनि त्यहीअनुरुप तय गर्न लागिएको उनको भनाइ छ ।

प्रदेश नं. १ मा खुल्ने निर्देशनालयले बङ्गुर, चौँरी, स्याँबोचे, अलैँची, किबी, कागती र मुसुरोलाई विशेष महत्व दिनेछ । प्रदेश नं. २ मा भैँसी, आँप, लिची, मसिनो धान, कागती र मुसुरो, प्रदेश नं ३ मा गाई, कुखुरा, कफी र किबी, प्रदेश नं. ५ मा बाख्रा, कफी र मुसुरो, कर्णाली प्रदेशमा बाख्रा, जडीबुटी र स्याउ तथा प्रदेश नं. ७ मा जैतुन, जडीबुटी, स्याउ, बाख्रा र मुसुरोलाई प्रमुख अनुसन्धानको केन्द्र बनाइने पौडेलले बताए । हालको बाख्रा अनुसन्धान केन्द्र बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान, कृषि अनुसन्धान केन्द्र राजिकोटलाई स्याउ अनुसन्धान तथा भेडा अनुसन्धान केन्द्र जुम्लालाई भेडा अनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस