कर्णले ल्याए पोइ छनाइकी राणी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णले ल्याए पोइ छनाइकी राणी


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । गायक कर्ण बहादुर बिकले पोइ छनाइकी राणी बोलको देउडा गीत बजारमा ल्याएका छन् । बिकलाई सोभा थापाले स्वरमा साथ दिएकी छन् भने गीतको लय संकलन पनि बिक र थापाको नै रहेको छ ।

गीतको शब्द संयोजन सौकार बाजे चमत्कारले गरेका छन् । सानैदेखि गीत संगीतमा रुचि भएका बिकका थुप्रै गीत बजारमा आइसकेका छन् । २०७४ चैत्र २७ गते पहिलो सांगीतक कोसेलीका रुपमा बिकले तेरो मायाा मुटुभरी बजारमा ल्याएका थिए । त्यस एता उनले छोटो अवधिमै ६ ओटा गीत बजारमा ल्याइसकेका छन् ।

बिकले जीले नई भन्यो, गइलो घाउ मुटुको, जोई प्यारी बैसमी, रुलायर छुटी (एकल ठाडी), आँसुमा डुबाइगै (एकल ठाडी) बजारमा ल्याइसकेका छन् ।

डोटीको शिखर नगरपालिका–४ बुङडा घर भएका बिकले आगामी दिनमा पनि सांगीतिक क्षेत्रमा सक्रियताका साथ लाग्ने बताएका छन् । उनले छोटो समयमा नै स्रोताहरुको औधी माया पाएकाले यसक्षेत्रमा लाग्न थप प्रेरणा प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस