निजामती सेवामा भर्ना खुलाउन प्रक्रिया सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निजामती सेवामा भर्ना खुलाउन प्रक्रिया सुरु


प्रशासन विशेष ब्युरो

३ आश्विन २०७५, बुधबार


संघीय निजामती सेवा

काठमाडौं । सरकारले निजामती सेवामा भर्ना प्रक्रिया रोक्ने तयारी थाले पनि अन्ततः भर्ना खुल्ने भएको छ । लोक सेवा आयोगको प्रतिवाद र लोक सेवाको तयारी गरिरहेका युवाको दबाबले सरकार पछि हटेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवाका विभिन्न पदमा रिक्त पदको विवरण संकलन गर्ने निर्णय गरिसकेको छ ।

लोक सेवाको भर्ना प्रक्रिया नियमित गर्न रिक्त दरबन्दीको विवरण संकलन गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार सुरुको चरणमा विभिन्न मन्त्रालय र निकायमा रिक्त सहसचिव र उपसचिव दरबन्दीको विवरण पठाउन सबै निकायलाई पत्राचार गरिएको छ । कतिपयले आवश्यक विवरण समेत पठाइसकेको मन्त्रालयले जनाएको छ ।

लोक सेवा आयोगले पनि रिक्त दरबन्दीको विवरणसहितको माग पठाउन मन्त्रालयलाई पत्राचार गरिसकेको छ । निजामती कर्मचारीको छनोट र भर्नाका लागि पूर्ण तयारी अवस्थामा आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस