भिडियो एक्सरे मेशिनबाट गाउँपालिकामै गर्भ जाँच « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भिडियो एक्सरे मेशिनबाट गाउँपालिकामै गर्भ जाँच


३ आश्विन २०७५, बुधबार


भोजपुर । पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ ।

गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ ।

वान हर्टले गाउँपालिकालाई करीब १० लाख बराबरको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको

गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । सो यन्त्रबाट तत्काललाई मानेडाँडा स्वास्थ्यचौकीबाट सेवा लिन सकिने जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस